केही गर्ने, नयाँ बनाउने आजकाल फुर्सद नै हुदैन। यहाँपनि एक जुगपछि फर्केको छु। कति विचार विषयहरु कागजमा नै सिमीत छन्, फेरी कति त अझै मानसपटलको भुमरीको फन्दामा परेका छन्। विस्तारै यी गाँठोहरु फुकेल्नु पर्नेछ। स्व. श्री काजी भीमसेन थापाको यो चित्रपनि कापीमा कोर्न थालेको झन्डै एक बर्ष भएछ। बल्ल तल्लगरी खत्तम गरेको छु।