अन्धकार कोठामा टोलाउछु ।
धुँवाको बाटो पहलाउँछु ।
हेर्छु, खोज्छु किरणलाई
तर, भेट्दा आँखा पोल्छ, आँशु झर्छ।
के त्यो तिमी हौ ?
धुँवाको बाटो पहलाउँछु ।
हेर्छु, खोज्छु किरणलाई
तर, भेट्दा आँखा पोल्छ, आँशु झर्छ।
के त्यो तिमी हौ ?
स्तब्ध तट्मा आश लगाउँछु।
लहरहरुमा हृदय चढाउँछु।
डुब्छु, कुर्छु पवनलाई
तर, हुरीले उडाउँछ, अस्तित्व मेटाउँछ।
के त्यो तिमी हौ ?
अनन्त आकाशमा उड्न खोज्छु।
क्षितिजको अग्लाई नाप्न खोज्छु।
फैलन्छु, बोलाउँछु बादललाई
तर, झर्छु, झर्छु झरी नै रहन्छु।
के त्यो तिमी हौ?
क्षितिजमा नयाँ सुर्य छ ।
सानी नानीको हातमा मिठाइ झै
स्थिर शरीरमा अस्थिर भग्नावशेष
अनी यस्मा आफ्नो अस्तित्व खोज्छु।
के त्यो तिमी हौ ?
लहरहरुमा हृदय चढाउँछु।
डुब्छु, कुर्छु पवनलाई
तर, हुरीले उडाउँछ, अस्तित्व मेटाउँछ।
के त्यो तिमी हौ ?
अनन्त आकाशमा उड्न खोज्छु।
क्षितिजको अग्लाई नाप्न खोज्छु।
फैलन्छु, बोलाउँछु बादललाई
तर, झर्छु, झर्छु झरी नै रहन्छु।
के त्यो तिमी हौ?
क्षितिजमा नयाँ सुर्य छ ।
सानी नानीको हातमा मिठाइ झै
स्थिर शरीरमा अस्थिर भग्नावशेष
अनी यस्मा आफ्नो अस्तित्व खोज्छु।
के त्यो तिमी हौ ?