गुड मर्निङ, शुभप्रभात,
जाग बिउँझ, घाम उदाउँदैछ,
फेरी ढिलो होला, उनी मलाई नदेखेर जाला,
आज उनी आउनेछिन्, पक्कै आउनेछिन्,
अनि म सँगै हुनेछिन्, सधैँकोलागी
जाग बिउँझ, घाम उदाउँदैछ,
फेरी ढिलो होला, उनी मलाई नदेखेर जाला,
आज उनी आउनेछिन्, पक्कै आउनेछिन्,
अनि म सँगै हुनेछिन्, सधैँकोलागी
गुड मर्निङ, शुभप्रभात,
हेर, सुन, चराहरु गाउँदैछ,
फेरी भुन्टे हाँस्छ होला, चराको गीतमा नाच्छ होला,
आज उनी गाउछिन्, पक्कै उनी गाउछिन्,
अनि म झुम्नेछु, सधैँकोलागी
गुड मर्निेङ, शुभप्रभात,
आश लगाउ, निराश नहोउ, भोली आउँदैछ,
शायद केही पऱ्यो होला, अचानक काम पऱ्यो होला,
भोली उनी आउछिन्, पक्कै उनी आउछिन्,
अनि म यहाँ हुनेछु, उनलाई लिनलाई,
६ महिना अघिदेखी, तर सधैँकोलागी।।