अनि भन्यो, जानु छ एक्लै, किन लिनु कुनै भार ?
मैले भने, जन्मेनौँ नग्न, ल्यायौँ खुशी अनि वहार
ती सपना, आकाँक्षाहरु अनि, जिबन-चक्र सार ।
उस्ले भन्यो, जन्मियौँ नग्न, आयौँ खाली, संसारउसले सोध्यो, मरेको लाश, त्यसमा के नै रह्यो र?
धन पैसा, लबेदा लुगा, सब जल्नेछन्, अब हेर ।
सन्तानले, पाउनेछन् सबै, सम्पत्ति र भू- जमिन,
उसको प्रेमी, रहेमा कोही, याद कति गर्लान ?
मान्दछु म, नाश्वान छ सबै, मरेको उ मात्र, हैन ।
जल्नेछ आज, जिवनको रहस्य, लाशमात्र हैन ।।
सिक्दछ कति, हेर मनुस्यले, पलपल यो जिवन ।
जल्नेछ, बुझ, अग्राखमाथी, माटो अनि, त्यो ज्ञान।
उसले भन्यो, सबैचिज राम्रो, कहाँ नै, हुन्छ र?
हराएकै होला नी राम्रो, त्यो ज्ञानको, के भर?
मैले सोधेँ, को हौ र हामी, निर्णय गर्नलाई ?
दिदैँछौ किन, मान्छेको दोष, तिमी ज्ञानलाई ?
म भन्छु हेर, लेख्नुमा पर्छ, आउँछ यदी लेखन ।
जे गर, पर गफैको भर, आउँदैन यदी लेखन ।
दिनु त पर्छ, यो चेत हाम्रो, सिक्छौँमा जे, यो संसार।
छोडीदेउ जे, गर्नेछन् जसो, भविस्यका कर्णधार।।
मैले भने, बन्छौँ चेतले हामी, मात्र होईनौ श्वाश ।
उसले भन्यो, जल्दैन ज्ञानी, मात्र जल्छ लाश ।।